देउवा–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं, १३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल भइरहेको छ ।
प्रचण्डको सचिवालयका अनुसार प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड बुधबार बिहान प्रधानमन्त्री निवास (बालुवाटार) पुगेका हुन् । दुई नेताबीच मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ ।
आफ्ना तर्फबाट थप क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा निर्णय गर्न आजै माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । त्यसअघि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवा भेट्न पुगेका हुन् ।