इपीएल : पोखरा र ललितपुरबीचको खेल सात ओभरमा छोट्याइयो

काठमाडौं, १३ असोज । वर्षाका कारण मैदान ओसिलो भई टस ढिलो हुँदा एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार तय पहिलो खेल सात ओभरमा छोट्याइएको छ ।
लगातारको वर्षाले मैदानको आउट फिल्ड पूर्ण रूपमा भिजेकाले बुधबारलाई तय भएको पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीचको खेल सात ओभरमा झारिएको हो । मैदान ओसिलो भएकै कारण १२ बजे मात्रै टस भएको थियो ।
खेलमा टस जितेर विनोद भण्डारीको कप्तानीमा रहेको पोखराले फिल्डिङ गर्ने निर्णय गरेको छ । अहिले कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरले ब्याटिङ गरिरहेको छ । यस अघि प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो दिन समेत वर्षाको कारण अवरुद्ध भएको थियो ।