घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


१३ आश्विन २०७८, बुधबार
gold

काठमाडौं, १३ असोज । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएकोमा आज एक सय रुपैयाँले घटेर ८८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज छापावाल सुन प्रति १० ग्रामको मूल्य ७६ हजार दुई सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुनमा प्रतितोला ८८ हजार चार सय ५० रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७५ हजार आठ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य एक हजार एक सय ५५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार पनि सोही मूल्य कायम भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७