डब्ल्युएचओका २० कर्मचारीमाथि यौन शोषणको आरोप


१३ आश्विन २०७८, बुधबार
WHO staffs sex abuse 20210929080103

काठमाडौं, १३ असोज । हालै सार्वजनिक एक रिपोर्टले संयुक्त राष्ट्रसंघ (युएन) सँग जोडिएका यौन दुव्र्यहारको पर्दाफास गरेको छ । एनअन्तर्गतको स्वास्थ्य निकाय विश्व स्वास्थ्य संगठन डब्ल्युएचद्वारा गठित अनुसन्धान आयोग इन्डिपेन्डेन्ट इन्भेष्टिगेसन कमिसनले मंगलबार एक रिपोर्ट सार्वजनिक गर्दै युएनको यौन दुव्र्यहारको पर्दाफास गरेको हो ।

अनुसन्धान आयोगको रिपोर्ट अनुसार डब्ल्युएचओका कर्मचारीमाथि यौन शोषण गरेको आरोप लागेको छ । कङ्गोमा कार्यरत डब्ल्युएचओका २० कर्मचारीमाथि सो आरोप लागेको हो । अनुसन्धान आयोगले विश्व स्वास्थ्य संस्थाको प्रतिक्रिया दिँदै मंगलबार करिब ३५ पेज लामो एक रिपोर्ट सार्वजनिक गरेको थियो । सन् २०१८ देखि २०२० सम्ममा ईबोला प्रकोपको क्रममा कङ्गोमा खटिएका डब्ल्युएचओसँग सम्बन्धित विभिन्न अध्ययन तथा अनुसन्धान गरेको थियो ।

कङ्गोमा इबोला प्रकोपको समयमा करिब ८३ भन्दा बढि यौन शोषणका घटना भएको र सो घटनामा संलग्न २० जनाको नाम डब्ल्युएचओका कर्मचारीसँग जोडिएको रिपोर्टमा उल्लेख छ । यद्यपि, ति कर्मचारीको नाम भने गोप्य राखिएको छ ।

करिब ८३ वटा घटनाका पीडितहरुको बयानको आधारमा अनुसन्धान अगाडि बढाइएको थियो । जसअनुसार इबोला प्रकोपको क्रममा खटिएका डब्ल्युएचओका कर्मचारीहरुले कङ्गोका युवतीहरुलाई विभिन्न प्रलोभन देखाइ यौन शोषण र बलात्कार गर्ने गरेको सो अनुसन्धानले पत्ता लगाएको हो ।

जसमध्ये ९ वटा बलात्कारका घटना छन् भने बाँकी यौन शोषणका घटना रहेको अनुसन्धानको रिपोर्टमा उल्लेख गरिएको अलजजिरामा समाचार छ । डब्ल्युएचओका कार्यकारी निर्देशक टेड्रोजले हालै सार्वजनिक सो तथ्यांक डरलाग्दो रहेको बताएका छन् । उनले इबोलाको समयमा कङ्गोमा खटिएका सबै कर्मचारीको विवरण अनुसन्धानका लागि उपलब्ध गराउने र दोषीलाई कडा कारवाही गर्ने प्रतिज्ञा समेत गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७