कर्मचारी घरविदा पठाएर राशनमा भ्रष्टचार गर्ने सशस्त्रका गण र गुल्मपतिहरुमाथि छानविन सुरु


१३ आश्विन २०७८, बुधबार
Nepal armed police

काठमाडौं, १३ असोज : सशस्त्र प्रहरीका गण तथा गुल्मपतिहरुले आफ्ना मातहत कर्मचारीलाई नियमित डिउटीमा नखटाई घरविदा छाडेको उजुरी परेपछि सशस्त्र प्रहरी मूख्यालयले छानवीन शुरु गरेको छ । मातहतका प्रहरी कर्मचारीलाई घर विदा छाडेर राशन र सीमामा सानो संख्याको डिउटी खटाई बद्मासी बढेको भन्दै एक दर्जन गणपति र गुल्मपतिहरुमाथि छानवीन शुरु गरेको हो ।

खास गरि २ नम्बर प्रदेश अन्तर्गत सर्लाही स्थित १० नम्बर गणका एसपी गंगाराम श्रेष्ठ , ६ नम्बर गण सप्तरीका एसपी राजु श्रेष्ठ तथा ७ नम्बर गण सिरहाका एसपी दिपेन्द्र गिरि छानबिनमा तानिएका छन् ।

कञ्चनपुर लगायतका देशका विभिन्न भागमा सशस्त्र प्रहरीमाथि आक्रमण भैरहेको छ । सानो संख्यामा डिउटीमा खटिदा उनीहरुमाथि आक्रमण हुने गरेको सशस्त्र प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

कञ्चनपुरको सीमा सुरक्षामा खटिएका प्रहरी जवानमाथि भारतीय तस्करहरुले आक्रमण गरेको घट्ना सेलाउन नपाउदै मुख्यालयले एक दर्जन गणपति र गुल्मपतिमाथि छानवीन शुरु गरेको । माछा र आलु, केराउ, कपडा समात्ने तर ठुला तस्करीमा आँखा चिम्लने गरेको भन्दै गुणपतिहरुमाथि आरोप लागेको छ ।

यति मात्र होइन अहिले २ नम्बर प्रदेश बाट ब्यापक मात्रामा तस्करी भइरहेको श्रोतको दाबी छ । प्रदेश २ का सर्लाही, धनुषा र महोत्तरी सिराह, सप्तरीका सबै नाका खुला भएका छन् । यता पहाडका गुल्म बाट अधिक बिदा छोडेर राशनमा अनियमितता गर्ने माथि पनि सशस्त्र मुख्यालयले सुक्ष्म ढंगले निगरानि बढाएको छ ।

सर्लाहीका मलंगवा गोरखकाली, पर्सा गाउँपालिकाको संग्रामपुर र पर्सा, ब्रम्हमपुरी गाउँपालिकाको त्रिभुवननगर, मलंगवा नगरपालिकाको भाँडसर, विष्णु गाउँपालिकाको बाराउद्योरण, फेन्हारा, बलरा नगरपालिकाको बलरा नाका खुला भएका छन् । सशस्त्र प्रहरी स्रोतका अनुसार सर्लाहीका एसपी गंगाराम श्रेष्ठले आँखा चिम्लिएपछि बोर्डर अब्जेरबेशन पोष्टमा रहेका सशस्त्र प्रहरी अधिकारीहरुले पनि तस्करीलाई सहज गरिदिएका छन् ।


बिभिन्न आबरणमा निगरानी बढाइएको पाँचथरका डीएसपी किशोर श्रेष्ठ, दोलखाका डीएसपी बुद्धिनारायण महर्जन लगायत छन् । सशस्त्र प्रहरीमा गणपति र गुल्मपतिले मूख्यालयलाई छलेर अधिकतमा सिपाहीहरुलाई घर विदामा छाड्ने गरेका छन् ।

घर विदामा जाँदा राशन वापतको रकम गुल्पति वा कमाण्डरलाई बुझाउने गरिन्छ । यस विषयमा सशस्त्र प्रहरी मूख्यालयको सञ्चार शाखाले अनभिज्ञता प्रकट गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७