प्रदेश–२ का मुख्यमन्त्री राउतले असोज २० गते विश्वासको मत लिने


१३ आश्विन २०७८, बुधबार
lalbabu raut kJekv9JfPv

धनुषा, १३ असोज । प्रदेश–२ मा प्रदेशसभाको अधिवेशन असोज २० को लागि आह्वान गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकबाट मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गरिएको हो ।

अर्थमन्त्री शैलेन्द्र प्रसाद साहका अनुसार मन्त्रीपरिषद्को बैठकबाट यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिने छन् । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएको ३० दिन भन्दा बढी भएको छ ।

अहिले प्रदेश–२ मा जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकारको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने हुनाले उनीसँग स्पष्ट बहुमत रहेको छ ।

सरकारको विपक्षमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा एमाले रहने छन् । लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले प्रमुख प्रतिपक्षी भूमिका निर्वाह गर्ने जनाइसकेको छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७