प्रदेश–२ को मुख्यमन्त्री कार्यालयमा छापा मारेर फर्कियो अख्तियारको टोली


१३ आश्विन २०७८, बुधबार
thumb 18

जनकपुर, १३ असोज । प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अख्तियारको टोलीले कागजात लिएर फर्किएको छ । बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री कार्यालयमा बुधबार दिउँसो छापा मारेको थियो ।

टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरुसँग समेत सोधपुछ गरेको थियो । प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ । त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ । उक्त साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको हो ।

243182660 390032809385676 3707312942578251628 n

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बर्दिबासबाट गएको टोलीले मुख्यमन्त्री कार्यालय पुगेर खरिदसम्बन्धी फाइल ल्याउने क्रममा रहेको र अनुसन्धानका लागि केन्द्रमा पठाउने जानकारी दिए । प्रदेश–२ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो ।

त्यस कार्यक्रमबाट बालिकाहरूलाई वितरण गर्न टेण्डर नै नगरी साइकल किनिएको थियो । साइकल खरिद र वितरणका क्रममा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको हो ।

अख्तियारको केन्द्रीय कार्यालयबाट पुगेको टोलीले बर्दिबासस्थित कार्यालयको समन्वयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो । प्रदेश २ सरकारले २०७५ मंसिरदेखि ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान थालेको हो । त्यस अभियानका नाममा सुरुबाटै करोडौं भ्रष्टाचार भइरहेको उजुरी अख्तियारमा परेको थियो । अख्तियारले पनि सुरुवाती छानबिनमा हिनामिना भएको भेटिएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७