गुण एयरलाइन्सद्धारा काठमाडौं-तुम्लिङटार उडान सुरु


१३ आश्विन २०७८, बुधबार
126 Shares
Guna airlines nepal

काठमाडौं, १३ असोज : निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आजदेखि काठमाडौं–तुम्लिङटार उडान सुरु गरेको छ । यात्रुको अत्याधिक माग आएसँगै कम्पनीले पहिलोपटक यो गन्तब्यमा नियमित उडान सुरु गर्न गरेको कम्पनीका प्रवक्ता प्रज्वल थापाले बताए ।

गुणले बुधबारबाट विचक्राफ्ट जहाजमार्फत दैनिक एउटा उडान गर्नेछ । कम्पनीले जेटस्ट्रीमको उडान स्वीकृति पाए लगतै दैनिक दुईवटा उडान गर्नेछ । तुम्लिङटार उडाका लागि कम्पनीले पाँच हजार नौ सय ५० रुपैयाँ भाडादर निर्धारण गरेको छ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेपाली आकाशमा सिम्रिक एयरलाइन्सका रूपमा परिचित गुण एयरलाइन्सले पुनः उडान सुरु गरेको हो। गुण एयरलाइन्स सन् २००९ मा स्थापना भएको थियो । सन् २०१३ मा गुण एयरलाइन्स सिम्रिकमा परिवर्तन भएको थियो। सिम्रिकसँग दुई अमेरिकी विचक्राफ्ट जहाज थिए।

त्यसमा थप पाँच जहाज खरिद गरी सङ्ख्या सात पु-याइएको हो । गुण एयरलाइन्सले हालै यती एयरसँग रहेका पाँच जहाज खरिद गरेको थियो। गुणसँग दुई विचक्राफ्ट १८ सिट क्षमताका छन् । जेटस्ट्रिम भने ३० सिट क्षमताका हुन्।

jagdamba.cement
rbbbb

तस्बिर : भबिन कार्की

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७