शेयर बजार ५० अंकले बढ्यो, कारोबार भने पाँच अर्बमै सीमित


१३ आश्विन २०७८, बुधबार
share

काठमाडौं, १३ असोज । शेयर बजारको लगातारको गिरावटमा ब्रेक लागेको छ । आज (बुधबार) बजारमा एकाएक उछाल आयो । तीव्र उतार चढावबीच बजार परिसूचक नेप्से ५० अंकले उकालो लागेर २६ सय ६५ पुग्यो ।

कारोबार भने ५ अर्बमै खुम्चिएको छ । सबै समूहमा हरियाली छायो । बिमा समूहमा अढाई सय अंक बराबरको वृद्धि आयो । विकास बैंक, जलविद्युत, वित्त र उत्पादमूलक समूह सबैमा सय अंक माथिको वृद्धि आयो । अरु पनि अधिकांश समूह दोहोरो अंकले सुधारिए ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको ९८ लाख कित्ता शेयर ५ अर्ब ३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १७३ कम्पनीको शेयर मूल्य बढ्दा जम्मा ११ कम्पनीको मूल्य घटेको र २ को स्थीर रहेको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७