पल्टनघरकी पवित्रा


२५ फाल्गुन २०७४, शुक्रबार
pabitra subba 1

-दीपेन्द्र राई  
‘तिमी तारेभीर म त लहरा, तिमीमैमा लहराउँछु तिमी सहारा’ शीर्षाकृत गीतका गायिका पवित्रा सुब्बा हिजोआज कता हराइन् ? गायिका सुब्बाका श्रोताले यस्तै प्रश्न सोध्ने गर्छन् । बिहेपछि ब्रुनाई पुगेकी उनी उतै रहेको धेरैलाई थाहा नहुन सक्छ । त्यसैले उनी कता हराइन् भनेर श्रोताले सोधिखोजी गर्ने नै भए ।

pabitra subba 1
पवित्रा सुब्बा, गायिका ।

 

आफूलाई ‘लो प्रोफाइल’ का ठान्ने उनी पल्टनघरमै सीमित रहेकी छन् । केही सयमअघि नेपाल आएकी पवित्रले सुनाइन्, ‘टोटल गृहिणी भएकी छु । पल्टनघरमा जागिर गर्न पाइँदैन ।’ त्यसो भए उनको पल्टनघर बसाइ अनुभूति कस्तो होला रु उनले प्रस्ट्याइन्, ‘पल्टनघरभित्रै कसैले व्युटीपार्लर खोलेका छन् । कसैले सागसब्जी लगाएका छन् । कतिपयले सिलाइ–बुनाइमा लागेर समय सदुपयोग गरेका छन् । कत्तिको कुकिङमा गहिरो रुचि छ भने आफूलाई खाना बनाउनसमेत त्यति आउँदैन । मैले भने केही गरेको छैन । ब्रुनाई पुगेपछि मैले केही न केही लेसन सिकिरहेकी छु । आफूलाई व्यस्त राख्न केही न केही गर्नुपर्दोरहेछ ।’

दस वर्षदेखि नयाँ गीत नगाएको बताउने उनले पुनः सक्रिय गायनलाई निरन्तरता दिन नसक्ने बताइन् । किताब पढेर समय सदुपयोग गर्दै आएको बताउने उनले अर्कोपटक नेपाल फर्कंदा दुई महिना बसेर केही नयाँ गीत गर्ने भावी योजना सुनाइन् । भनिन्, ‘सबैले मलाई मुडी गायिका भन्छन् । तर, हिजोआज मुड आउँदै छ ।’ व्यक्तिगत कामले नेपाल आएकी उनले गायनलाई निरन्तरता दिन नसकेकोमा दुःखेसो पोखिन् । किन रु उनले भनिन्, ‘भगवान्ले दिएको देनको अवहेलना गर्नुभयो भन्दै शुभचिन्तकले टिप्पणी गरिरहने भएकाले गिल्टी फिल हुन्छ ।’

उबदष्तचब कगददब)द्दपछिल्लो समय नयाँ नगाए पनि पुरानै गीतले उनालाई बचाएको छ । संवत् २०४५ मा रेकर्ड भएको ‘चन्द्रमा र चखेवाको मिलन कहिल्यै हुन्न’ गीत सुनेकाले उनलाई दिलदिमागबाट हटाएका छैनन् । त्यतिमात्रै होइन, तिमी तारेभीर ०४६र४७ र याङ्जी नाना ०५०र५१ मा रेकर्ड गीतको लोकप्रियता आज पनि घटेको छैन ।

प्रचार–प्रसार पटक्कै मन नपराउने उनी नेपालमा रहँदासमेत आफ्नो काममा मात्रै रमाउँथिन् । ‘आफूले गरेको कामप्रति सन्तुष्ट भए पुग्छ मलाई,’ उनको भनाइ छ, ‘मेरो गीत बजारमा फैलाउनु छैन । मलाई मन पर्ने काम मैले गरेकै छु । हल्ला किन गरिरहनुपर्यो रु आफूलाई व्यावसायिक गायिका नठान्ने उनले गीत गाएर बाँच्न सक्ने व्यक्तित्व बनाएकी थिइन् । विदेशमा हुने सांगीतिक कार्यक्रममा उनलाई निम्ता आइरहन्थ्यो । नेपालमै हुने सांगीतिक कार्यक्रममा पनि उनको उपस्थिति बाक्लै देखिन्थ्यो ।pabitra subba 2

उबदष्तचबगायिका पवित्र सुब्बालाई गायिकामात्रै भनियो भने अन्याय हुन्छ । उनी नायिकासमेत हुन् । उनी चलचित्र ‘मितेरीगाउँ’ की नायिकाको भूमिका निर्वाह गर्नुका कारण सुनाउँदै उनले भनिन्, ‘पहिल्यैदेखि फिल्म खेल्न अफर आइरहन्थ्यो । तर, मलाई नाच्न र अभिनय गर्न आउँदैनथ्यो । जापान र नेपालबीचको सम्बन्ध जोड्ने फिल्म भएकाले मितेरीगाउँमा अभिनय गरेकी हुँ ।’ मितेरीगाउँमा जापानको टोगा र मुस्ताङको टुकेचे गाउँको मित लगाइएको छ । दुवै गाउँमा मागीबिहेप्रथा कायम छ । दुवै गाउँको संस्कार, संस्कृति मिल्दाजुल्दा छन् । दुवै गाउँमा फापरको रोटी खाइन्छ । टुकुचेकी महिलाको भूमिका निर्वाह गरेकी उनले फिल्ममा अभिनयका लागि प्रस्ताव आएको महिना दिनपछि स्वीकृति जनाएकी थिइन् । नायिकाका लागि अनुबन्धित भएपछि मात्रै उनले अभिनय सिकेकी थिइन् ।

गायिका तथा नायिका पवित्र सुब्बाले काठमाडौंको बागबजारमा रहेको पद्मकन्या क्याम्पसबाट संगीतमा बीम्युज गरेकी हुन् । ललितकलाकी विद्यार्थी उनले ‘पहिलो हरफ शिरबन्दी’, ‘हिउँदको फूल’, डम्बरीलगायत ६० किताबमा आफूले पढेको विद्यालाई व्यवहारमा उतारेकी थिइन् । उनले थुप्रै कवितासंग्रहको कविताका स्केचसमेत कोरेकी छन् । नेपाल रहँदा द इम्प्रेसनरप्यारानोमा नामक आर्टसम्बन्धी ग्राफिक डिजाइन खोलेकी उनले त्यहाँ किताब र सीडीसम्बन्धी काम हुने बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७