स्थायी कमिटीमा प्रचण्डको ‘ब्रिफिङ’ : भोलि सरकार विस्तार हुन्छ


१३ आश्विन २०७८, बुधबार
maobadi kendra

काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार (भोलि) मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

आज (बुधबार) बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले बिहीबार सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक बस्ने र सरकार विस्तार हुने ‘ब्रिफिङ’ गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । उनका अनुसार माओवादीका तर्फबाट अब तीन मन्त्री र एक राज्यमन्त्री थपिने छन् । माओवादीका तर्फबाट अहिले जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा सहभागी छन् ।

मन्त्रीका विषयमा भने आजको बैठकमा छलफल नभएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । आजको बैठकमा पार्टीको सम्मेलनलगायत विषयमा छलफल भएको उनले जानकारी दिए ।

अर्का एक स्थायी कमिटी सदस्यका अनुसार ‘मन्त्री छान्नका लागि प्रचण्ड तनावमा’ छन् । ‘आफूलाई मन्त्री बनाउनु पर्‍यो भनेर नेताहरूले दबाब दिएका छन् । अध्यक्ष तनावमा हुनुहुन्छ । त्यसकारण मन्त्रीका बारेमा छलफल नभएको होला’, ती नेताले भने । उनका अनुसार सरकारले संसद् अधिवेशन अन्त्यको तयारी गरेको छ । भोलि संसद् बैठक बसेपछि अधिवेशन अन्त्यको तयारी गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७