जहाज र हेलिकोप्टरको यान्त्रिक अवस्था अध्ययन गर्न सरकारले बनायो समिति


१३ आश्विन २०७८, बुधबार
airport 2 scaled

काठमाडौं, १३ असोज । सरकारले हवाईजहाज र हेलिकोप्टरको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्था अध्ययन गर्न समिति बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल क्षेत्री, मन्त्रालयको सीएटीसीअ प्रमोद नेपाल सदस्य रहेका छन् । उड्ड्ययन प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा सदस्य सचिव छन् ।

समितिलाई नेपालको आकाशमा आन्तरिक तथा बाह्य उडान भर्ने नेपालमा दर्ता भएका हवाईजहाज / हेलिकोप्टरहरुको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्थाको अध्ययन अवलोकन अनुसन्धान गरी प्रत्येक वायुयानसहितको सबै वायुसेवाको सम्परीक्षण गर्नेलगायत कार्यक्षेत्र तथा शर्तहरु तोकिएका मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
हेर्नस् विज्ञप्ति

bi

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७