प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौ, १३ असोज : प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाइएका छन् ।
संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल गर्न बिहीबार विहान १० बजे बस्ने गरी देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार संसद्मा जारी अवरोध खुलाउने विषयमा छलफलका लागि बोलाइएको हो ।
बिहीबार बिहान १० बजेका लागि बोलाइएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा , नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई बोलाइएको छ ।
एमालेले भदौ १ गते पार्टीका १४ सांसदलाई कारबाही गर्ने सूचना केन्द्रीय कमिटीको निर्णयअनुसार संसदमा बुझाएका थियो । निर्वाचन आयोगमा पनि बुझाइएको थियो। तर सभामुखले अहिलेसम्म त्यसबारे निर्णय नलिएको भन्दै एमालेले गत भदौ २३ बाट सुरु भएको संसद अधिवेशन अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अवरुद्ध गर्दै आएको छ। सभामुख सापकोटाले सूचना नै टाँस नगरी पार्टी विभाजनमा साथ दिएको एमालेको आरोप छ ।