माधव नेपाल बिरामी, शिक्षण अस्पतालमा भर्ना

काठमाडौं, १३ असोज : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिरामी परेका छन्। ज्वरो र खोकीको समस्याका कारण बुधबार शिक्षण अस्पताल महाराजगन्जमा अध्यक्ष नेपाल भर्ना भएका हुन् ।
नेपालका प्रमुख स्वीकय सचिव मोहन गौतमका अनुसार ज्वरो र खोकीको समस्याका कारण बुधबार शिक्षण अस्पताल महाराजगन्जमा अध्यक्ष नेपाल भर्ना भएका हुन् ।
गौतमले स्वस्थ अवस्था बारेमा जानकारी दिदै लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालज्यू ज्वरो र खोकीको समस्याका कारण आज त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको छ । उहॅाको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको छ । उहॅाको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ ।’
अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको गौतमले जानकारी दिएका छन् । गौतमले भनेका छन्, ‘उहॅाको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको छ । उहॅाको उपचारमा त्रि. वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ ।’ सोमबार बेलुकाबाट अस्वस्थ भएपछि अध्यक्ष नेपाल आफ्नै घरमा आराम गरिरहेका थिए ।