मनास्लु हिमाल आरोहणका क्रममा क्यानाडाका नागरिकको मृत्यु


१४ आश्विन २०७८, बिहीबार
Manasalu

गोरखा, १४ असोज । नेपाल भ्रमणमा आएका क्यानाडाका एक नागरिकको गोरखाको मनास्लु हिमाल आरोहणका क्रममा मृत्यु भएको छ ।
क्यानडाका ३७ वर्षीय ब्रेन्ट सेलको हिमाल आरोहणको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आठ हजार एक सय ६३ मिटर उचाइको मनास्लु हिमालको आरोहणका क्रममा चौथो बेस क्याम्पभन्दा झण्डै एक सय मिटरमाथि पुगेपछि उनको मृत्यु भएको हो ।

हिमाल आरोहणका क्रममा अचानक ढलेर बेहोस भएपछि तत्कालै उनको मृत्यु भएको गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले जानकारी दिए । उनी स्नो होराइजन कम्पनीमार्फत मनास्लु आरोहणमा गएका थिए । उनको शव कैलाश एअरको हेलिकप्टरमार्फत काठमाडौं ल्याएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७