संसद् बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची


१४ आश्विन २०७८, बिहीबार
Parliment house samsad bhawan q scaled

काठमाडौं, १४ असोज । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
एमालेले भने प्रतिनिधि सभाको बैठकमा नाराबाजी गर्दै आएको छ । सभामुख अग्निप्रसाद सापकोटाले भने एमाले सांसदको नाराबाजीबीच संसदको नियमित कामकारबाही अगाडि बढाउँदै आएका छन् ।

एमालेले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस नगर्दासम्म संसद्को अवरोध जारी राख्ने बताउँदै आएको छ । उसले १४ सांसद् पदमुक्त गरेको सूचना टाँस गर्न नसके सभामुखलाई राजीनामा दिन आग्रह गर्दै आएको छ ।

संसद्लाई विना अवरोध चलाउने वा संसदको जारी अधिवेशन अन्त्य गर्ने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् । यसअघि, सभामुखले बोलाएको सर्वदलीय बैठक भने एमालेले बहिष्कार गरेको थियो ।

आजको संसद् बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेजसम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउबाले महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन, २०७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७