रोनाल्डोको कीर्तिमानी खेलमा युनाइटेडको जित


१४ आश्विन २०७८, बिहीबार
RONALDO1632965737

काठमाडौं, १४ असोज । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाउँदा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ ।

बुधबार भएको खेलमा युनाइटेडले भिल्लारियलमाथि २–१ गोलको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाउन सफल भएका हुन् । उनले च्याम्पियन्स लिग फुटबलमा १७८ खेल खेलेका छन् । उनीपछि इस्पेनिस लिजेन्ड इकर कासियासले १७७ च्याम्पियन्स लिग खेल खेलेका छन् ।

त्यस्तै रोनाल्डो च्याम्पियन्स लिग फुटबलका सर्वाधिक गोलकर्ता पनि हुन् । उनले १३६ गोल गरेका छन् । युनाइटेडले भिल्लारियलमाथि २–१ गोलको जित निकालेको हो । खेलमा भिल्लारियलले अग्रता बनाएको थियो । ५३ औं मिनेटमा पाको आलाकेरले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए ।

६० औं मिनेटमा आलेक्स टेलेसले युनाइटेडका लागि बराबरी गोल फर्काए । खेलको इन्ज्यूरी समयमा रोनाल्डोले गोल गर्दा युनाइटेडले २–१ को जित निकाल्यो । जितसँगै युनाइटेडले २ खेलबाट ३ अंक जोडेको छ । युनाइटेड समूहको तेस्रो स्थानमा छ । पराजित भिल्लारियल १ अंकसहित समूहको पुछारमा छ । शीर्ष स्थानको एटलान्डाको ४ अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७