ईपीएल क्रिकेट : काठमाडौं र चितवन, भैरहवा र ललितपुर भिड्दै


१४ आश्विन २०७८, बिहीबार
tu wet field ISU3YkrlpR

काठमाडौं, १४ असोज । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज (बिहीबार) काठमाडौं र चितवन तथा भैरहवा र ललितपुर भिड्दै छन् ।
ईपीएल क्रिकेटमा आज काठमाडौं किङ्ग्स इलाभेन र चितवन टाइगर्स तथा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स खेल्दै छन् । त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान साढे ९ बजे काठमाडौं र चितवन खेल्ने छन् ।

आज दुवै टोली पहिलो जितको खोजीमा हुने छन् । काठमाडौंमा दुई अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने समान दुई अङ्क भएको चितवन चौथो स्थानमा छ । यस्तै, आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स दिउँसो साढे १ बजे खेल्ने छन् ।

शीर्ष स्थानमा रहेको भैरहवा आज दोस्रो स्थानमा हुने छ भने अहिलेसम्मका दुई खेलमा दुई खेल नै हारेको ललितपुर पहिलो जितको खोजीमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७