चट्याङ लागेर गुल्मीमा नौं जना घाइते


१४ आश्विन २०७८, बिहीबार
chatyang

गुल्मी, १४ असोज । गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीमा चट्याङ लागेर नौ जना घाइते भएका छन् । बुधबार ठूलो पानीसँगै परेको चट्याङ लागेर १९ वर्षीया रिता नेपाली, २२ वर्षीया गीता नेपाली र ५० वर्षीय झक्य नेपालीसहित नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।

तीन जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी जनाएको छ । तेजबहादुर नेपालीको एउटा गोरु मरेको प्रहरी नायव उपरीक्षक पाण्डेयले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७