बानेश्वरमा अर्धनग्न अवस्थामा महिलाको शव फेला


१४ आश्विन २०७८, बिहीबार
cover 57HOt6O90A

काठमाडौं, १४ असोज । काठमाडौंको नयाँ बानेश्वरमा अर्धनग्न अवस्थामा एक महिलाको शव फेला परेको छ । बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए ।

बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी मिमबहादुर लामाको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७