सूर्यमा पहिलो स्याटलाइट ‘लञ्च’ गर्दै चीन, सर्वसाधारणलाई नामाकरण गर्न जिम्मा


१४ आश्विन २०७८, बिहीबार
china is launching its first satellite1632972557

काठमाडौं, १४ असोज । चीनले सूर्यमा आफ्नो पहिलो स्याटलाइट लन्च गर्ने भएको छ र त्यसको नामाकरण गर्न सर्वसाधारणलाई जिम्मा दिएको विज्ञान तथा प्रविधि मन्त्रालायले जनाएको छ ।

सूर्यको अवलोकन गर्ने यो चीनको पहिलो स्याटलाइट हुनेछ । चिनियाँ यान, ‘चाइनिज एच–अल्फा सोलार एक्सप्लोरर (चेस) यसै वर्षको अन्त्यतिर लन्च हुनेछ जसले चीनमा सूर्यको अध्ययन सुरु गराउनेछ ।

यो मिसनमा विभिन्न संघसंस्थाहरु संलग्न भएपनि यसको मुख्य निर्माता चीन सरकारद्वारा सञ्चालित चाइना एरोस्पेस साइन्स एण्ड टेक्नोलोजी (सीएएससी) रहेको छ । यसले नै सर्वसाधारणहरुलाई आगामी अक्टोबर ७ भित्रमा नयाँ नाम दिन आमन्त्रित गरेको हो ।

सीएएससीले यसबारे विज्ञापन प्रकाशित गर्दै सर्वसाधारणले चुनेका दश नाम सूचीकृत गर्ने र विज्ञहरुको प्यानलले लन्चको एक दिन अगाडि विजेताको घोषणा गर्ने बताएको छ । चिनियाँ यान चेसले पहिलोपटक सूर्यको ‘रेड लाइन’ पनि भनिने ‘एच–अल्फा वेभ–ब्यान्ड’ सहितको पूरा तस्बिर प्राप्त गर्ने अपेक्षा गरिएको छ । यसले ‘अडभान्स्ड स्पेस’ मा आधारित सोलार अवलोकनलाई स्याटलाइट मार्फत अझ स्पष्ट बनाइ सुधार ल्याउने छ ।

अनुसन्धानकर्ताहरुको प्रक्षेपण अनुसार यस वर्ष सौर्य गतिविधिमा नयाँ ११ वर्षीय साइकल सुरु हुनेछ जुन २०२४ र २५ का बीच उच्च बिन्दुमा पुग्नेछ । र चिनियाँ मिसनले यसलाई नै विस्तृतमा रेकर्ड गर्ने लक्ष्य राखेको छ ।

चिनियाँ यान चेजलाई तीन वर्ष अगाडि डिजाइन गरिएको थियो र यो आगामी चार वर्षसम्म सञ्चालनमा रहने बताइएको छ । स्याटलाइटको नामाकरण गर्न सर्वसाधारणलाई जिम्मा दिएसँगै चीनमा यो चर्चाको विषय बनेको छ । त्यस्तै यसले अन्तरिक्ष गतिविधिमा पछिल्लो एक दशक चीनको बढ्दो उपलब्धी र चासो पनि प्रस्तुत गर्दछ ।

चीनमा स्याटलाइटहरु प्रायः प्राचीन चिनियाँ पौराणिक पात्रहरुको नाममा आधारित रहेर राख्ने गरिन्छ । जस्तै चन्द्रमा मिसनको नाम ‘चाङ इ’ राखिएको थियो भने चन्द्रमा वरपर घुम्ने यानलाई चाहिँ ‘युटु’ या खरायो नाम दिइएको थियो । चाङ–इ लाई चन्द्रमाकी देवी पनि मानिन्छ र युटु उनीसँगै चन्द्रमामा बस्ने गर्दछन् । यो भन्दा अगाडि मंगल ग्रहको मिसनमा पठाइएको चिनियाँ यानको नाम पनि सर्वसाधारणलाई नै चुन्न लगाइएको थियो । सो यान अन्य ग्रहमा अवतरण गर्न सफल पहिलो चिनियाँ यान हो ।

र सर्वसाधारणले त्यसको नाम चिनियाँ पौराणिक कथा अनुरुप आगोका देवताको नाम दिएका थिए । मानिसहरुले त्यसबेला दुनियाँभरबाट ४० हजार बढी नाम पठाएका थिए । र अनलाइन भोटमार्फत अन्तिम १० छनोट गरिएको थियो । साउथ चाइना मर्निङ पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७