वागमतीमा कांग्रेस नेतृत्वको सरकार बनाउने प्रस्ताव आपतिजनक : शेखर कोइराला


१४ आश्विन २०७८, बिहीबार
shekhar koirala

काठमाडौं, १४ असोज । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी महाधिवेशनलाई प्रभावित पार्न वागमती प्रदेशमा सत्ताको खेल हुनु दुःखद भएको बताएका छन् ।

वागमती प्रदेश सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवाले अढाइ महिना मुख्यमन्त्री मागेको कुराप्रति आफ्नो गम्भीर आपत्ति रहेको उनले बताएका छन् । सामाजिक सञ्जाल फेसवुकमा लेख्दै नेता कोइरालाले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक भएको भन्दै अस्वीकार्य रहेको बताए ।

पार्टीको यस्तो हर्कतले संघीयता धरापमा पर्ने र लोकतन्त्रको धज्जी उड्ने कोइरालाको विश्लेषण छ । यसअघि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वाग्मती प्रदेशमा अढाइ महिनाका लागि भए पनि मुख्यमन्त्रीमा आफू निकट इन्द्र बानियाँलाई बनाउन लविङ गरिरहेको समाचार बाहिरिएको थियो ।

देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग सो विषयमा छलफल गरेका थिए । वाग्मती प्रदेशमा एमालेकी अष्टलक्ष्मी शाक्य मुुख्यमन्त्री छन् । शाक्यको सरकार अल्पमतमा छ । उनले दशैंअघि विश्वासको मत लिने तयारी गरिरहेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७