परराष्ट्रमन्त्री खड्का आज स्वदेश फर्किदै


१४ आश्विन २०७८, बिहीबार
Narayan Khadka 20210922032600

काठमाडौं, १४ असोज । परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर आज (बिहीबार) स्वदेश फर्किदै छन् ।

संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्न खड्का नेतृत्वको प्रतिनिधिमण्डल गएको ८ गते अमेरिकाको न्युयोर्क पुगेको थियो । मन्त्री खड्काले महासभालाई सम्बोधन गर्नुका साथै भारत, बङ्गलादेश, कुवेत र बहराइनका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

संयुक्त राष्ट्र सङ्घको ७६ औं महासभालाई सम्बोधन गर्दै उनले नागरिकको जीवनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका थिए । कोरोना विरुद्धको खोपको असमानताको खाडल धेरै गहिरो रुपमा रहेकाले कम आय भएका देशहरु समस्यामा परेका भन्दै उनले सबैले न्यायपूर्ण र समान तरिकाले खोप पाउनु पर्नेमा जोड दिएका थिए । यस्तै, अमेरिकामा रहेका नेपालीले आयोजना गरेको छलफलमा पनि उनी सहभागी भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७