एमसीसी परियोजनाका बारेमा गलत प्रचार गरियो : परराष्ट्रमन्त्री


१४ आश्विन २०७८, बिहीबार
91 Shares
dkmfgm1632975558

काठमाडौं, १४ असोज । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकन सहयोग परियोजना (एमसीसी) बारे आफूले अमेरिकामा बोलेको कुरालाई गलत प्रचार गरिएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर बिहीबार नेपाल फर्कने क्रममा उनले सो कुरा बताएका हुन् । स्वदेश फर्कने क्रममा विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै खड्काले परियोजनाको बारेमा आफूले नबोलेको कुरा प्रचार गरिएको बताए । एमसीसी अनुमोदन हुँदैन भनेर तपाईंले बोल्नुभएको हो भन्ने प्रश्नमा मन्त्री खड्काले त्यसबारे जसरी प्रचार भयो त्यो बोल्दै नबोलेको दाबी गरे । मन्त्री खड्काले गैरआवासीय नेपाली संघले आयोजना गरेको कार्यक्रममा एमसिसी नेपाल सरकारले मागेको परियोजना भएकाले संशोधन नहुने उल्लेख गरेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘२९ भदौं २०७४ मा हामीले सम्झौता पत्रमा हस्ताक्षर गरेको हो अहिले संशोधन गरौं भन्दा एमसीसी लागू भएका अन्य देशहरुले के भन्छन् अन्य देशहरूले ४२, ४५ देशहरूले पनि त्यसै गरौ भन्छन् कि ! हामीले एकचोटि सही गरेर संशोधन गरौं भन्दा अन्य देशहरूले पनि त्यसै भन्छन् कि भनेर चाहिँ मैले बोलेको हो’, उनले भने । संशोधन हुनै नसक्ने विषय आफूले नबोलेको खड्काको दाबी छ ।

महासभाको सम्बोधनको क्रममा आफूले कोभिडबाट मुक्ति पाउन विश्वका देशहरुको खोपको समान पहुँचमा हुनुपर्ने कुरा उठाएको बताए । यस्तै जलवायु परिवर्तन ले हिमालय क्षेत्रमा पारेको प्रभाव, दिगो विकास लक्ष्य प्राप्तीमा नेपाल जस्ता देशलाई धनी राष्ट्रले सहयोग गर्नुपर्ने विषय प्राथामिकता साथ उठाएको बताए ।

jagdamba.cement
rbbbb

विश्वमा बढ्दो आतंकवाद नियन्त्तण गर्न साँझा कार्यक्रम तय गर्नुपर्ने विषय पनि आफूले उठाएको उनले बताए । ‘घातक र खतरनाक हतियार खरिद बिक्रीको प्रतिष्पर्धा बाट शक्ति राष्ट्र मुक्त हुनुपर्ने र हरितयारमा गर्ने लगानी कम विकसित राष्ट्रमा लगानी गर्न मैले आग्रह गरे’, उनले भने । उनले विश्व शान्ति मिसनमा नेपाल र नेपाली सेनाको महत्वपूर्ण भूमिका भएको भन्दै त्यसको उचित सम्मान र पोजिसन क्लियर गरिदिन आग्रह गरिएको पनि बताए ।

मन्त्री खड्काले कुवेतसँगका प्रतिनिधिहरुको सँगको भेटमा नेपाली कामदाहरूको हक, अधिकारका स्थापित गर्ने विषयमा दुई पक्षीय छलफल भएको बताए । यस्तै बंगलादेशसँग विद्युतीय उर्जा र साझा हितको विषयमा छलफल भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७