प्रधानसेनापति र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिबीच भेटवार्ता


१४ आश्विन २०७८, बिहीबार
1 HkwUMTyXy9 scaled

काठमाडौं, १४ असोज । प्रधान सेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेसोलो न्यातिनीबीच भेटवार्ता भएको छ । बिहीबार जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागिता लगायत अन्य द्विपक्षीय महत्वको विषयहरुमा छलफल भएको सेनाले जनाएको छ ।

यस किसिमको भेटवार्ताले नेपाली सेना र संयुक्त राष्ट्रसंघ बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास सेनाको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७