लोसपा छाडेका राजकुमार लेखी एमालेमा प्रवेश गर्दै


१४ आश्विन २०७८, बिहीबार
lekhi

काठमाडौं, १४ असोज । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट राजीनामा दिएका नेता राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

अघिल्लो प्रदेशसभा चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट सप्तरी क्षेत्र नम्बर १ (क) मा पराजित उनले बिहीबारै लासपाबाट राजीनामा दिएका छन् । पछिल्लो समय सप्तरीस्थित एमाले नेता कार्यकर्तासँग सम्बन्ध बढाउँदै घुलमिल भइरहेका उनी लोसपा चाहे अनुसार अघि बढ्न नसकेकोमा असन्तुष्ट थिए ।

लेखी पछिल्लो समय लोसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य थिए । उनी एमाले प्रवेश गर्न लागेको पुष्टि एमाले प्रदेश–२ मा संसदीय दलका नेता सत्यनारायण मण्डलले बताए ।

‘ उहाँ एमालेमा फर्किन लागेको सत्य हो । विधान महाधिवेशन अगाडि वा पछाडिको उपयुक्त समयमा उहाँलाई स्वागत गर्दैछौं’, एमाले स्थायी कमिटी सदस्य समेत रहेका मण्डलले भने, ‘उहाँलाई मूल घरमा स्वागत गर्न पाउँदा खुशी छौं । धेरै नेता कार्यकर्ताहरु विस्तारै एमालेमै आउनु हुन्छ ।’ जसपाबाट उठेका लेखीलाई यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा एमाले उम्मेदवार मण्डलले नै पराजित गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७