मौसमी राष्ट्रवादीहरु देशकै समस्या : रञ्जित तामाङ

काठमाडौं, १४ असोज । अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले ‘मौसमी राष्ट्रवादीले चुच्चे नक्सा लुकाएको आरोप लगाएका छन् ।
बिहीबार राजधानीमा अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले ‘मौसमी राष्ट्रवादीहरू देशकै समस्या’ भएको बताए ।

‘हिजो हामी सबैको समर्थन र दबाबमा चुच्चे नक्सा छापिएको थियो, तर त्यो नक्सालाई पुस्तकमा छाप्न र विद्यार्थीहरूलाई अध्ययन गर्न दिइएन’, उनले भने, ‘यस्तै मौसमी राष्ट्रवादीहरूका कारण हाम्रो राष्ट्रियता बलियो हुन पाएको छैन ।’ पार्टी एकतासँगै विद्यार्थी आन्दोलनलाई पनि बलियो बनाउन एकता भए पनि मौसमी राष्ट्रवादीकै कारण एकता खलबलिएको उनले बताए ।