एमाले विधान महाधिवेशनको तयारी पुरा, ६ हजार प्रतिनिधि सहभागी हुने


१४ आश्विन २०७८, बिहीबार
U1 1 1632919708

काठमाडौं, १४ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेको भोलि (शुक्रबार) देखि सुरु हुने विधान महाधिवेशनको तयारी पुरा भएको छ । महाधिवेशनमा ६ हजार प्रतिनिधि सहभागी हुने जनाइएको छ । एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो । शुक्रबार दिउँसो १२:१५ बजे महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

उद्घाटन सत्रपछि तीनवटा प्रस्ताव पेश गरिने र दोस्रो दिन १६ गते समूहगत छलफल हुनेछन् । प्रथम विधान महाधिवेशन असोज १५, १६ र १७ गते ललितपुरको गोदावरीमा हुँदैछ । स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । जसको सदस्यमा शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश वस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशिला नेपाल र पासाङ शेर्पा सदस्यका रुपमा छन् ।

umlll PQ9yPJjVwo 1

उद्घाटन सत्रपछि महाधिवेशनको वन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव कमरेड ईश्वर पोखरेलबाट संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ । महाधिवेशनको दोस्रो दिन असोज १६ गते समूह छलफल र समूह नेताबाट सुझावहरुको प्रस्तुति गरिनेछ । तेस्रो दिन असोज १७ गते दस्तावेज समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरुलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।

विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेशागत संगठनबाट चुनिएका प्रतिनिधि, भारत लगायत प्रवासका संघ संगठनहरुबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधान वमोजिम मनोनित सदस्यहरु प्रतिनिधिका रुपमा रहने छन् ।

a 1
a1
a2
a3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७