सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य गर्न सिफारिस


१४ आश्विन २०७८, बिहीबार
sudur Pradesh sabha

कैलाली, १४ असोज । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

असोज १५ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको उनले बताइन् । सत्ता गठबन्धनसँग प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस असन्तुष्ट बनेर प्रदेशसभा बैठक बहिष्कार गरेका बेला प्रदेश सरकारले हतार–हतार अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।

मन्त्री जोशीले प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्ने समय भइसकेको र सरकारसँग बिजनेस नभएकाले अधिवेशन अन्त्य गरिएको बताइन् । कांग्रेसको असन्तुष्टिका कारण अधिवेशन अन्त्य नगरिएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७