एमालेले बागमतीमा बनायो ४७७ सदस्यीय प्रदेश कमिटी (सूचीसहित)

अष्टलक्ष्मी उपाध्यक्ष, इञ्चार्जमा ‘बादल’


१४ आश्विन २०७८, बिहीबार
co

हेटौंडा, १४ असोज । नेकपा एमालेको बागमती प्रदेश कमिटी ४७७ सदस्यीय बनेको छ । आनन्द पोखरेल अध्यक्ष र खेमप्रसाद लोहनी सचिव रहेको प्रदेश कमिटीलाई बिहीबार पूर्णता दिइएको छ ।

प्रदेश कमिटीको सूची बिहीबार नै पार्टी कार्यालयमा बुझाइएको अध्यक्ष पोखरेलले जानकारी दिए । उनकाअनुसार पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम भने प्रदेश कमिटीभन्दा माथि राखेर पठाइएको छ ।

जसमा अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्ष र रामबहादुर थापा ‘बादल’ लाई इञ्चार्ज भनिएको छ । सहइञ्चार्जमा काशीनाथ अधिकारी, कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ र डोरमणि पौडेल छन् । एमालेले ४७७ सदस्यीय बागमती प्रदेश कमिटी गठन गर्दा अष्टलक्ष्मी शाक्यलाई वरीयताको पहिलो नम्बरमा राखेको छ । बिहीबार सार्वजनिक प्रदेश महाधिवेशन आयोजक कमिटी इञ्चार्जमा फागुन २३ को सर्वोच्चको फैसलापछि माओवादीबाट एमालेमा आएका नेता रामबहादुर थापा ‘बादल’ यथावत छन् ।

सर्वोच्चको फैसला अनुसार पार्टीलाई २०७५ जेठ २ मा लैजाँदा अष्टलक्ष्मी शाक्य इञ्चार्जमा फर्किन्थिन् । तर एमालेले बागमती र सुदूरपश्चिममा बादल र लेखराज भट्टराई इञ्चार्जमा यथावत राखेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्दा शाक्य प्रदेश इञ्चार्ज हुनुपर्ने हो । तर अहिलेसम्म बादलले नै इञ्चार्जको भूमिका निभाउँदै आएका छन् । यसबारे पोखरेल भन्छन्, ‘मैले मेरो मातहतको कमिटी बनाएको हुँ । केन्द्रीय कमिटीमा भएका नेताहरुको जिम्मेवारीबारे केन्द्रीय कमिटीले नै निर्णय गर्ला ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७