माओले लिम्पियालाई उत्तराधिकारी बनाए जस्तो गल्ती गर्दिनँ : प्रचण्ड

‘पैसा मागेर मेरो हालत खराब भइसक्यो, निर्वाचन प्रणाली फेरौ’


१४ आश्विन २०७८, बिहीबार
242518430 4353689984711319 1990535746512609675 n

काठमाडौं, १४ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन प्रणाली फेर्न आन्दोलन गर्नुपर्ने बताएका छन् । वर्तमान निर्वाचन प्रणाली महँगो हुँदा उम्मेदवारले पैसा मागेर आफ्नो हालत खराब भएको भन्दै अध्यक्ष दाहालले निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताएका हुन् ।

‘दलाल पुँजीपतिको पैसामा बिक्ने निर्वाचन प्रणालीभन्दा पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक छ’, उनले भने, ‘हामीले आन्दोलन छेडिदियौं भने पुग्छ । आन्दोलन हुन्छ । लाखौं जनतालाई सडकमा ल्याएर रूपान्तरण गर्न सकिन्छ । थोरै मिहिनेत गर्‍यो भने रंगीन क्रान्ति गर्न सकिन्छ । यो प्रणाली बदल्न सकिन्छ ।’

वर्तमान निर्वाचन प्रणालीले आफ्नो हालत खराब भइसकेको उनको भनाइ थियो । ‘हाम्रो हालत खराब भइसक्यो । अध्यक्षको हालत खराब भइसक्यो । अध्यक्षबाट पैसा लाने मात्र छन् । सबै अध्यक्षसँग माग्ने । दिने कोही छैन । गाउँपालिकामा चुनाव लड्न २०-३० लाखचाहिँ हालियो । प्रदेशमा एक–दुई करोड दिनुपर्‍यो । संघमा पाँचदेखि १० करोडसम्मै पर्ने भयो । यसका लागि दलाल पुँजीपतिसँग माग्न जाने अब ? २०६४ मा पैसा खर्चै भएन । अहिले पैसा खर्च गरेर पनि जितिने अवस्था छैन । शासन प्रणाली नै ठीक छैन’, उनले भने ।

माओवादी अध्यक्ष छाड्न प्रचण्ड तयार !
अध्यक्ष ‘प्रचण्ड’ ले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् । राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने साथीलाई बाटो छोडिदिने उनको भनाइ छ । अनेरास्ववियु (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले योग्य व्यक्ति आए आफूले जिम्मेवारीबाट बिदा लिन चाहेको बताए ।

‘माओवादीभित्रै प्रचण्डको काम छैन, आफैं अघि बढ्नु पर्‍यो भन्ने सुनिन्छ । मलाई के लाग्छ भने भित्रै बसेर मजाले किताब लेख्न पाए हुन्थ्यो, जिम्मेवारी लिने त्यस्तो पात्र पाए त’, उनले भने, ‘राम्रो विचार, कार्यदिशा लिएर आउनुहोस्, म उत्तराधिकारी घोषणा गरेर बिदा लिन्छु । तर, माओले लिम्पियालाई उत्तराधिकारी बनाए जस्तो हतार गर्दिनँ । त्यही लिम्पिया माओलाई गोली हान्न गयो । त्यस्तो हत्यारा नेतृत्व चाहिँदैन ।’ थीलाई बाटो छोडिदिने उनको भनाइ छ ।

अनेरास्ववियु (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले योग्य व्यक्ति आए आफूले जिम्मेवारीबाट बिदा लिन चाहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७