‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता आरम्भ


१४ आश्विन २०७८, बिहीबार
Digital PR

काठमाडौं, १४ असोज । मिडिया कम्पनी म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता शुभारम्भ भएको छ।

डिजिटल मिडिया सम्बन्धी सम्भवत नेपालकै पहिलो र सबैभन्दा ठूलो यस प्रतियोगिताले डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरुलाई भाग लिन आह्वान गरेको छ।

‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्धेश्य नै डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरुको पहिचान गर्दै उनीहरुलाई ब्यक्तिगत एवं समग्र नेपाली मिडिया उद्योगलाई नै टेवा पु¥याउन त्यस्ता व्यक्तिहरुको पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्नु रहेको म्याक्स मिडियाले जनाएको छ।

‘नेपालमा विभिन्न विदेशी कम्पनीसँग सहकार्य गरेर डिजिटल मिडिया सम्बन्धी काम गर्ने अभ्यास भइरहेको छ। तर हामी स्वदेशमा नै लुकेर रहेको डिजिटल मिडिया सम्बन्धी त्यस्तो प्रतिभाको खोजी गरी उनीहरुलाई नै प्रोत्साहन गर्दै डिजिटल मिडिया सम्बन्धी आवश्यकता पूर्ति गर्ने उद्धेश्य लिएर अगाडि बढेका छौं’ कम्पनीले भनेको छ।

म्याक्स मिडिया डिजिटल गुरु एउटा बिशेष चुनौतीको परीक्षण गर्ने लक्ष्य सहित पहिलो पटक प्रस्तुत भएको डिजिटल हेडहण्ट हो जहाँ सहभागीले प्रतियोगिताको नियममा रही आफ्नो रुचिको बिषयमा डिजिटल मिडिया सम्बन्धी सबल प्रस्तुति प्रस्तुत गर्न दिइने छ। यसबाट नेपालको डिजिटल मिडियाहरुको उत्थानका लागि एउटा नयाँ अध्ययन शुरु हुने अपेक्षा गरिएको छ।

पाँच लाख रुपैयाँ पुरस्कार रहेको यो कार्यक्रमको उद्देश्य मिडिया इण्डस्ट्रिका लागि उत्कृष्ट र नविनतम विचार सहितको सोच प्रस्तुत गर्ने रहेको जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७