फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई जेल सजाय


१५ आश्विन २०७८, शुक्रबार

काठमाडौं, १५ असोज । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई पेरिसको एक अदालतले एक वर्ष सजाय तोकेको छ । सार्कोजीले सन् २०१२ मा भएको चुनावमा गैरकानूनी वित्तीय क्रियाकलाप गरेको भनी दोषी ठहर गर्दै सो सजाय सुनाएको हो । सो चुनावमा उनी पराजित भएका थिए ।

बिहीबार अदालतले एक वर्षे जेल सजाय सुनाएपनि ६६ वर्षीय सार्कोजी जेल भने जानुपर्ने छैन । उनले यस मुद्दामा माथिल्लो अदालतमा पुनरावेदन गर्ने भएपछि जेल जानबाट जोगिएका हुन् । तर, न्यायाधीशहरूले उनले विद्युतीय ट्याग लगाएर घरमै सजाय काट्न सक्ने बताएका छन् ।

सार्कोजी सन् २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपति रहेका थिए । उनीमाथि निर्वाचनमा अधिकतम खर्च गर्न तोकिएको सीमाभन्दा लगभग दोब्बर २२.५ मिलियन यूरो (२६ मिलियन डलर) रकम खर्च गरेको आरोप लागेको थियो । उनले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।

उनलाई एक अर्को मुद्दामा पनि तीन वर्षको जेल सजाय सुनाइएको थियो । त्यो मुद्दा पनि विचाराधीन रहेकोले जेल जानबाट जोगिएका छन् ।
फ्रान्समा अर्को वर्ष राष्ट्रपतिको चुनाव हुँदैछ । अदालतको पछिल्लो फैसलासँगै सार्कोजीको राजनीतिक भविष्य लगभग सकिएको बताइएको छ । अलजिराबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७