बुद्ध एयरका पाइलट शेर्पा र को–पाइलट अन्सारी नै ‘ग्राउन्डेड’


१५ आश्विन २०७८, शुक्रबार
pilot aangelu22 yjnt1QoCnX

काठमाडौं, १५ असोज । बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पा र को–पाइलट अमन अन्सारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले अझै दुई दिन उडान भर्न नदिने भएको छ ।

जहाज इन्सिडेन्ट (दुर्घटनाको नजिक पुगेर जोगिएको) को विषयमा बढी होहल्ला भएको र प्राधिकरणको हवाई सेफ्टी टिमले छानबिन गरिरहेकाले दुवैलाई थप दुई दिन उडान भर्न नदिने निर्णय भएको हो ।

जहाज इन्सिडेन्टमा परेयता सोमबारदेखि दुवै जनालाई उडान भर्न दिइएको छैन । पाइलट शेर्पाले उडान भरेको जहाज भने प्राविधिक चेकजाँचपछि मंगलबार बिहानदेखि नै सञ्चालनमा आएको छ । जहाजलाई रिलिज गरे पनि पाइलटलाई छानबिन नसकिएसम्म उडान भर्न नदिने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

जहाज कुनै इन्सिडेन्टमा परेपछि पाइलटलाई केही समय उडान भर्न नदिने र अनुसन्धान गर्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को प्रावधान छ । सोहीअनुसार पाइलट र को–पाइलटलाई छोटो समयका लागि उडान भर्न नदिइएको प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७