कहाँ–कहाँ छ आज बर्षाको सम्भावना ?


१५ आश्विन २०७८, शुक्रबार
kathamandu

काठमाडौं, १५ असोज । आज (शुक्रबार) मौसम देशभर आंशिक (धेरै खुला, थोरै बादल) देखि सामान्य (धेरै बादल, कम मात्र खुला) बदलीको अवस्था छ । अहिले गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज दिउँसो (भन्नाले बिहान १० / ११ बजेदेखि साँझ ६ बजेसम्म) देशभर मौसम सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र अरू प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार मनसुन अन्तिम चरणमा रहेकाले धेरै ठूलो वर्षा तथा लगातारको झरी हुने सम्भावना चाहिँ छैन । हल्का र क्षणिक वर्षा हुने सम्भावना छ ।

यस क्रममा काठमाडौं उपत्यकामा पनि अहिले बिहानदेखि नै हल्का वर्षाको सम्भावना रहेको उनले बताए । ‘तर त्यस्तो लगातारको झरी हुँदैन, हल्का वर्षा हुने खुल्ने यस्तो भइरहन्छ’, शुक्रबार बिहान उनले भने ।

यस्तै राति (भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश–२ का धेरै र अरू प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७