कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन नेपालमै जिन सिक्वेन्सिङ परीक्षण सुरु


१५ आश्विन २०७८, शुक्रबार
korona doctor

काठमाडौं, १५ असोज । कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु भएको छ । यसअघि कोरोना भाइरसको म्युटेसन पत्ता लगाउन नमुना विदेश पठाउने गरिन्थ्यो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा जिन सिक्वेन्सिङ परीक्षण सुरु भइसकेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले नेपालमै जिन सिक्वेन्सिङ सुरु भएको जानकारी दिए । उनले यसअघि जिन सिक्वेन्सिङ पत्ता लगाउन नेपाल सरकार, विश्व स्वास्थ्य सङ्गठनको पहलमा विदेशमा पठाउनु परेको जानकारी दिए । डा. झाले अब नेपालमै कोरोना भाइरसका विभिन्न म्युटेसन पत्ता लगाउन सकिने जानकारी दिँदै प्रयोगशालाले जिन सिक्वेन्सिङ सुरु गरिसकेको बताए ।

उनले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय बायोटेक्नोलोजी विभागमा १६ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा २६ नयाँ नमुना जम्मा गरी ४२ वटा नमुनाको जिन सिक्वेन्सिङ गरिएको बताए । निर्देशक डा. झाले भदौ र असोजमा सङ्कलन भएका सबै नमुनामा डेल्टा भेरियन्ट देखिएको जानकारी पनि दिए । जिन सिक्वेन्सिङले कोरोना भाइरसको म्युटेसन पत्ता लगाउँछ । डा. झाका अनुसार जिन सिक्वेन्सिङ कोरोनालगायतका भाइरसको जेनेटिक बनावटलाई डिकोट गर्ने एक परीक्षण हो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७