चार देशका राजदूतद्वारा राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं, १५ असोज । नेपालका लागि चार देशका राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूतले बिहीबार आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्टका राजदूत नोहा हम्दी अहमद एलगेब्ली, जर्मनीका राजदूत टोमास हाइनरिस पिन्च, नर्वेका राजदूत तोरुन ड्रामदाल र फ्रान्सका राजदूत जिल बुरबाओले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
कार्यक्रममा परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र सचिव भरतराज पौड्याल तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।