टोटेनहमको जितमा केनको ह्याट्रिक


१५ आश्विन २०७८, शुक्रबार
tottenham1633052571

काठमाडौं, १५ असोज । ह्यारी केनको ह्याट्रिकको सहयोगमा प्रिमियर लिग फुटबल क्लब टोटेनहमले युरोपा कन्फरेन्स लिगमा शानदार जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा टोटेनहमले मुरालाई ५–१ गोल अन्तरले पराजित गरेको हो । टोटेनहमको जितमा ह्यारी केनले ह्याट्रिक गरे । डेली अलि र जियोभानी लो सेल्सोले एक एक गोल गरे । उता मुराका लागि जिगा कोउसले एक गोल फर्काए । जितसँगै समूह ‘जी’ को टोटेनहमले २ खेलमा ४ अंक जोडेको छ ।

टोटेनहम शीर्ष स्थानमा उक्लिएको छ । पराजित मुराभने समूहको पुछारमा छ । मुराले अंक भने जोड्न सकेको छैन । घरेलु मैदानमा टोटेनहमका लागि अलिले चौथो मिनेटमा पेनाल्टीमा गोल टिमलाई अग्रता दिलाए ।

त्यसको चार मिनेटपछि जियोभानीले गोल गर्दा टोटेनहमले आफ्नो अग्रता दोब्बर बनायो । ५२औं मिनेटमा मुराका जिगाले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । खेलको ६८औं मिनेटमा केनले गोल गर्दै टिमको अग्रता ३–१ मा ल्याए । ७७औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ४–१ को बनाए । ८८ औं मिनेटमा केनले ह्याट्रिक पूरा गर्दै टोटेनहमलाई ५–१ को फराकिलो जित दिलाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७