ग्यास्ट्रिक छ ? यी घरेलु विधिबाट छुट्करा पाउनुहोस्


८ कार्तिक २०७८, सोमबार
1603621018 qJL8k

ग्यास्ट्रिक सम्पूर्ण नेपालीको सामूहिक समस्या हो भन्दा फरक नपर्ला । अधिकाशं ग्यास्ट्रिकबाट पीडित भएको सुनिन्छ । यो समस्या विभिन्न कारणले देखा पर्छ । खासमा खान नपाएरभन्दा पनि हामी खान शैली नपुर्‍याउँदा ग्यास्ट्रिक पीडित बन्छौं ।

जथाभावी खानपानले ग्यास्ट्रिक बढाउँछ । अनियमित जीवनशैली जस्तै, भोक लागेको वेला नखाने, आवश्यकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठिन हुने खाना खाने, खानापछि तत्कालै सुत्ने र शारीरिक श्रम गरेलगत्तै खाने बानीले पनि ग्यास्ट्रिक वृद्धिमा सहयोग पुर्‍याइरहेको हुन्छ ।
मदिरा तथा धुम्रपानजन्य पदार्थको सेवन, बढी मात्रामा चिया–कफी पिउने बानी र कार्बोनिक पेय, कोक, पेप्सी आदि खानेहरूमा पनि ग्यास्ट्रिकको समस्या देखिने गर्छन् ।
यदि तपाईसँग पनि ग्यास्ट्रिक छ भने यी कुरामा ध्यान दिनुस्, तपाईँ ग्यास्ट्रिकबाट बच्न सक्नु हुने छ ।

प्रशस्त पानी पिउने
लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्डड्रिङसकको प्रयोग गर्नु हुँदैन । यसले पेटमा ग्यास बढाउँछ ।

लसुनपानी
बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ।

खाना समयमा खाने
ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ ।

कागतीपानी
पेटमा धेरै ग्यास भएको अवस्थामा कागतीपानी पिउने गर्नुपर्छ । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागतीपानी खानाले पेटमा ग्यास कम हुन्छ ।

कार्बोहाइड्रेड कम खाने
पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।

दूध नपिउने
ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र दूधबाट बनेका अन्य परिकार खानु राम्रो हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७