साफ च्याम्पियनसीप आजबाट : पहिलो खेलमा नेपाल र माल्दिभ्स भिड्दै


१५ आश्विन २०७८, शुक्रबार
112 Shares

काठमाडौं, १५ असोज । दक्षिण एसियाको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसीपको १३ औं संस्करण आज (शुक्रबार) बाट माल्दिभ्समा सुरु हुँदैछ ।

मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा हुने प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन् । पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्दा दोस्रो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

साफको यो संस्करणमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । सहभागी सबै ५ टोलीले समूह चरणमा एक अर्कासँग खेल्ने छन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन् । नेपाली टिम पहिलो पटक साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको छ । नेपाल अहिलेसम्म साफको फाईनलमा पुग्न पनि सकेको छैन ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७