इथियोपियाद्वारा राष्ट्रसंघका ७ उच्च अधिकारीलाई देश निकाला


१५ आश्विन २०७८, शुक्रबार
120763750 ethiopiafoodafp

काठमाडौं, १५ असोज । अफ्रिकी मुलुक ईथियोपियाले आफ्नो देशमा कार्यरत संयुक्त राष्ट्रसंघका ७ जना उच्च अधिकारीलाई देश निकाला गरेको छ ।

इथियोपियाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा विचौलिया बन्न खोजेको आरोपसहित उनीहरुलाई देश निकाला गरिएको हो । इथियोपिया सरकारले ७२ घण्टाभित्र आफ्नो देश छाड्न उनीहरुलाई आदेश दिएको छ । इथियोपियाको द्धन्द्धग्रस्त टिग्रे क्षेत्रमा मानविय संकट रहेको विषयमा राष्ट्रसंघका अधिकारीहरुले बारम्बार आवाज उठाईरहेका थिए ।

राष्ट्रसंघका अधिकारीहरुले आफ्नो देशको आन्तरिक मालिमामा चाहिने भन्दा बढी प्रचारवाजी गरेको तथा केही गम्भिर विषयमा समेत हस्तक्षेप गर्न खोजेको इथियोपियाको विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ । आफ्नो उच्च अधिकारीहरु इथियोपियाबाट निष्काशनमा परेपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने अचम्मित भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७