बंगलादेशमा शिविरभित्रै रोहिंग्या शरणार्थी नेताको हत्या


१५ आश्विन २०७८, शुक्रबार
GettyImages 1015860686 13ZOhUUkLq
1015860686

काठमाडौं, १५ असोज । म्यानमारबाट बंगलादेश पुगेका रोहिंग्या शरणार्थी नेताको शिविरमै हत्या भएको छ । कुटुङपालोङ शिविरभित्र गोप्य रूपमा प्रवेश गरी केही बन्दुकधारीकोले ४८ वर्षीय मोहिब उल्लाहमाथि गोली प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । एक प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारीहरु पाँच जनाको समूहमा थिए ।

शिविरभित्र रहेको आफ्नो कार्यालय परिसरमा अन्य शरणार्थी नेताहरूसँग कुराकानी गरिरहेका बेला उल्लाहमाथि गोली हानिएको प्रहरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सन् २०१७ मा म्यानमार सरकारले रखाइन प्रान्तमा दमन बढाएपछि लाखौं रोहिंग्या मुस्लिमहरूले छिमेकी बङ्गलादेशमा शरण लिएका थिए । बङ्गलादेशमा अहिले रोहिंज्या शरणार्थीका ३४ वटा क्याम्प बनाइएका छन् ।

उल्लाह रोहिंज्या शरणार्थीको हकहितमा काम गर्न आराकान ‘रोहिंग्या सोसाइटी फर पिस एन्ड ह्युमन राइट्स’ नामक संस्थाका संस्थापक समेत हुन् । उल्लाहको हत्याको पछाडि कस्को हात छ भन्ने खुलेको छैन । उनको हत्याप्रति शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घको उच्च आयोगले गहिरो दुःख व्यक्त गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७