प्रदेश २ : एमाले संसदीय दलको नेतामा मण्डल, प्रमुख सचेतकमा साह


१५ आश्विन २०७८, शुक्रबार
satyanarayan kisori ziYAcuCFYN

जनकपुर, १५ असोज । प्रदेश–२ मा नेकपा (एमाले) संसदीय दलको नेतामा पुन सत्यनारायण मण्डल चयन भएका छन् । पार्टीको प्रमुख सचेतकमा किशोरी साह कमल चयन भएका छन् ।

यसअघिका एमाले संसदीय दलका नेता शत्रुधन महतो र प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा पार्टी विभाजन पश्चात् एकीकृत समाजवादीमा गएपछि दुबै पद रिक्त थिए । पार्टी विभाजन पश्चात् पहिलोपटक बुधबार बसेको एमाले संसदीय दलको बैठकले दलका नेतामा पुनः दोश्रो पटक नेता मण्डललाई सर्वसहमितबाट चयन गरेको हो ।

निर्वाचन लगत्तै एमालेमा मण्डल नै दलको नेता बनेका थिए । एमाले र माओवादी एकीकृत भएर नेकपा गठन हुँदा मण्डल नै दलका नेता यथावत थिए । सर्वोच्चको फैसलाले दुबै दल पुरानै अवस्थामा फर्केपछि माधव नेपाल पक्षका १३ सांसदले बहुमतसहित मण्डललाई हटाएर सत्रुधन महतोलाई दलको नेता बनाइएको थियो । पार्टी विभाजन पश्चात् एमालेका २१ प्रदेश सांसद मध्ये १३ जना एकीकृत समाजवादीमा गइसकेका छन् ।

प्रदेशसभामा एमालेमा हाल ८ जना मात्रै सांसद छन् । प्रदेश २ सभामा सुरुमा तेस्रो शक्तिको रुपमा रहेको एमाले विभाज पश्चात् पाँचौ स्थानमा पुगेको छ भने एकीकृत समाजवादी चौथो शक्ति बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७