मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

पर्वत, १५ असोज । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पर्वतको मोदी गाउँपालिका–५ मा २४ वर्षीय सूर्यबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
१४ वर्षीया किशोरीलाई असोज ६ गते भण्डारीले प्रेमको नाटक गरी विभिन्न प्रलोभनमा पारी नेपाल भारत सिमाना जोगबनी पुर्याएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई कुश्मा नगरपालिका–६ शिवालय चोकबाट पक्राउ गरेको हो ।
उनी उपर मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।