बागमती प्रदेशसभा सचिवालयको टोली जनकपुरमा

धनुषा, १५ असोज । बागमती प्रदेशका प्रदेशसभा सचिव कृष्णहरि खड्कासहितको टोली जनकपुरधाम भ्रमणमा आएका छन् । सो टोलीले शुक्रबार बिहान प्रदेश–२ का प्रदेशसभा सचिव रञ्जितकुमार यादवसँग भेट गरेको छ ।
दुई प्रदेशका प्रदेशसभा सचिवबीच भएको भेटवार्तामा प्रदेशसभा सञ्चालन, व्यवस्थापन र संसदीय सञ्चालन तथा प्रक्रिया सम्बन्धमा अनुभव आदानप्रदान लगायतका विषयमा छलफल भएको प्रदेश–२ प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रादेशिक अन्तर भ्रमणमा एकअर्का प्रदेशका प्रदेशसभा सञ्चालन सम्बन्धी अनुभव आदान प्रदानका लागि बागमती प्रदेशसभाका सचिव खड्काको नेतृत्वमा सात सदस्यीय टोली प्रदेश–२ को अस्थायी राजधानी जनकपुरधाममा आएको हो ।