दलको रिसले गणतन्त्रमा धावा बोलिंदैछ : चित्रबहादुर केसी


१५ आश्विन २०७८, शुक्रबार
chitra bahadur kc

बागलुङ, १५ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला राजनीतिक दलहरु विदेशीको इशारामा चलेको आरोप लगाएका छन् । सत्ता बाहिर बस्दा र सत्तामा गएपछिका काम, कारबाही र व्यवहारले विदेशी इशारामा चलेको पुष्टि भएको उनले आरोप लगाए । उनले राष्ट्रियता र गणतन्त्र नै धरापमा पारेर विदेशीको पक्षमा लागेको समेत आरोप लगाएका छन् ।

शुक्रबार बिहान गृह जिल्ला बागलुङमा आएर प्रगतिशील पत्रकार संघले आयोजना गरेको भेटघाटमा बोल्दै केसीले ठूला दलले राजनीतिलाई व्यापार बनाएको समेत टिप्प्णी गरे । ‘एमसीसीबाट देशको अस्तित्व बेचेर व्यापार गर्न खोजेका छन्,’ केसीले भने, ‘देश र जनताले नचाहेको विदेशी अनुदान खोजीखोजी ल्याउन दलहरु दगुरेको देखियो ।’ एमसीसी नै वैदेशिक हस्तक्षेप भएको उनको टिप्पणी छ । उनले जनताले बलिदानीबाट ल्याएको गणतन्त्रविरुद्ध समेत दलहरु बोल्न थालेको बताए ।

Chitra Bahadur KC

उनले सडकमा राजतन्त्रको आवाज उठ्नुमा राजनीतिक दलको अर्कमण्यता भएको टिप्प्णी गरे । एमालेले प्रतिगमनलाई साथ दिएकोले हिजो मित्र शक्ति भनिएको दलको साथ छाडेर कांग्रेसको सत्तालाई साथ दिएको बताए । ‘प्रतिगमनलाई साथ दिएपछि हामीले उनीहरुको साथमै बसिदिनु पर्ने केही पनि छैन,’ केसीले भने, ‘परिवर्तनका लागि लडेका गणेशमान र बीपी बिटुलो हुने, कम्प्युनिस्ट पार्टी भएपछि सबै चोखो हुने हुन्छ र ?’

वर्तमान सरकार संविधान अनुसार बनेको भन्दै परमादेश भनेर टिप्प्णी गर्नु पराजित मानसिकता मात्रै भएको समेत टिप्प्णी गरे । उनले संविधानको धारा ७६(५) को व्यवस्था अनुसार सरकार गठन भएको समेत बताए । सरकारलाई समर्थन गरेपछि स्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्थाको भने खुलेर विरोध गरे । ‘स्रोत नखुलेको र कालोधनलाई सेतो बनाउने काम भने गर्न मिल्दैन,’ उनले भने, ‘अध्यादेश भने बाध्यताको उपज हो ।’ दल विभाजन सम्बन्धी अध्यादेशबारे उनले टिप्पणी गरेनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७