सम्वोधन गर्दागर्दै रोकिए ओली, प्रतिवेदन वाचनका लागि दिए शंकर पोखरेललाई


१५ आश्विन २०७८, शुक्रबार
ba

काठमाडौं, १५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुघा खोकी लागेको भन्दै प्रतिवेदन प्रस्तुत गर्न स्थायी कमिटी सदस्य शंकर पोखरेललाई दिएका छन् ।

अन्तर्राष्ट्रिय परिस्थितिका विषयमा प्रतिवेदन प्रस्तुत गरिसकेपछि ओलीले पोखरेललाई प्रतिवेदन प्रस्तुत गर्ने जिम्मा दिएका हुन् । अहिले ओलीका तर्फबाट पोखरेलले प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा उभिएर राजनीतिक प्रतिवेदन पेश गर्न गाह्रो भएपछि उनले त्यो जिम्मेवारी पोखरेललाई दिएका हुन् । मञ्चमा लामो समय उभिएर बोल्न ओलीलाई कठिनाइ भएको थियो । त्यसपछि उनले आफूलाई रुघाखोकी लागेर बोल्न समस्या भएको बताउँदै प्रतिवेदनको बाँकी अंश पेश गर्ने जिम्मा पोखरेललाई दिएका हुन् ।

ओलीले राजनीतिक प्रतिवेदनमा देशदेखि विदेशसम्मको परिस्थितिको विश्लेषण गरिरहेका छन् । उनले एमालेको स्थापनादेखि हालसम्मको विकसित घटनाक्रमबारे पनि प्रतिवेदनमा व्याख्या गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७