एमालेमा पोलिट्ब्युरो खारेज, अध्यक्षको नेतृत्वमा सचिवालय गठन गरिने


१५ आश्विन २०७८, शुक्रबार
ba

काठमाडौं, १५ असोज । नेकपा एमालेले पोलिट्ब्युरो खारेज गर्ने प्रस्ताव गरेको छ । नेकपा एमालेको विधान महाधिवेशनमा पोलिट्ब्युरो खारेज गर्ने प्रस्ताव प्रस्तुत गरिएको हो ।

‘साविकको धारा–१४ मा देहायबमोजिम धारा १५, धारा १६, धारा १७, धारा १८, धारा १९ र धारा २० मा समाहित गर्ने’, विधान महाधिवेशनमा प्रस्तुत प्रस्तावमा भनिएको छ, ‘साविकमा रहेको पोलिटव्युरो सम्बन्धी व्यवस्था हटाउने । अध्यक्षको नेतृत्वमा सचिवालय र महासचिवको नेतृत्वमा केन्द्रीय कार्यालय गठन गर्ने ।’ एमालेमा नीति निर्माणका लागि महत्वपूर्ण कमिटीको रूपमा पोलिट्ब्युरो रहेको थियो । एमालेको विधान महाधिवेशन गोदावरीमा जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७