पत्नी अनुष्काको फिल्म हेरेर कोहलीले गरे प्रशंसा


२५ फाल्गुन २०७४, शुक्रबार
virat anushka

 

एजेन्सी: भारतिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले आफ्नी पत्नी एवं बलिउड अभिनेत्री अनुष्का शर्मा अभिनित ‘परी’ फिल्मको प्रशंसा गरेका छन्। उनले शुक्रबार ट्विट गर्दै फिल्ममा अनुष्काले अहिलेसम्मकै उत्कृष्ट काम गरेको भन्दा प्रशंसा गरेका हुन्।virat anushka

उनले हरर फिल्म हेरेर आफू डराएको खुलासा पनि ट्विटमा गरेका छन्। ट्वीटमा उनले यस्तो लेखेका छन्।

‘गएराती मैले ‘परी’ हेरें। यो मेरी पत्नीको आजसम्मको सबैभन्दा राम्रो काम हो। पछिल्लो समय मैले यो जत्तिको राम्रो अर्को कुनै फिल्म हेरेको छैन्। डर पनि लाग्यो त रअनुष्का शर्मा मलाई तिमीप्रति गर्व छ ।’

डेब्यू निर्देशक प्रोसित राय निर्देशित फिल्लाई अनुष्का शर्माले सहनिर्माण गरेकी हुन्। ‘एनएच १०’ तथा ‘फिलौरी’ पछी यो अनुष्काले निर्माण गरेको तेस्रो फिल्म हो। फिल्ममा बंगाली अभिनेता परमब्राता चट्रजीले अनुष्कासँग अभिनय गरेका छन्।

फिल्म शुक्रबार रिलिज भइसकेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७