कोभिडविरुद्धको खाने औषधिले दियो प्रभावकारी नतिजा


१६ आश्विन २०७८, शनिबार
corona

काठमाडौं, १६ असोज । अन्तिम परीक्षणको क्रममा रहेको कोरोना भाइरसविरुद्धको खाने औषधि प्रभावकारी देखिएको छ । अमेरिकामा अन्तिम परीक्षणमा रहेको ‘मोल्नापिराविर’ नामक कोरोनाविरुद्धको खाने औषधिले प्रभावकारी काम गरेको देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बीबीसीका अनुसार कोभिड भएर गम्भीर बिरामी भएका र ज्यान जानसक्ने अवस्थाका बिरामीलाई समेत यो औषधि प्रभावकारी देखिएको हो । परीक्षणको क्रममा ‘मोल्नापिराविर’ ट्याब्लेट दिनको दुई पटक कोरोना सङ्क्रमित बिरामीलाई दिइएको थियो । त्यसबाट नतिजा सकारात्मक आएको अमेरिकी औषधि उत्पादक कम्पनीले जनाएको छ । ७ सय ७५ जनामा गरिएको परीक्षणमा औषधि खाएकामध्ये ७ दशमलव ३ प्रतिशतमात्रै अस्पताल भर्ना हुनु पर्ने गरी बिरामी भएका र बाँकीलाई औषधिले निको भएको कम्पनीको भनाई छ ।

अबको दुई हप्ताभित्रै अमेरिकामा यो औषधिको आकस्मिक प्रयोगका लागि स्वीकृति माग्दै निवेदन दिने कम्पनीको तयारी छ । फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन एफडीएले परीक्षण नतिजा पुनः मूल्याङ्कन नगर्दासम्म औषधिको प्रयोगमा सावधानी आवश्यक रहेको समेत स्पष्ट पारेको छ।

कम्पनीले सुरुमा ‘मोल्नापिराविर’ औषधि इन्फ्लुएन्जाको उपचारका लागि विकास गरेको थियो । पछि यसलाई कोभिड–१९ को भाइरस शरीरमा फैलिन नदिने जेनेटिक कोड राखेर परीक्षण गरिएको कम्पनीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७